कमला नदीमाथि पुल निर्माणको माग गर्दै इन्जिनियर नै प्रदर्शनमा
hamrakura.com · Sun Aug 11 00:00:00 UTC 2024
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा धनुषा जोड्ने कमला नदीमा पुल निर्माणको माग गर्दै सिरहाको सदरमुकाममा बिहीबार प्रदर्शन भयो । कमला पुल निर्माण सङ्घर्ष समितिको आह्वानमा प्रदर्शन भएको यो पहिलो पटक होइन । यहाँ पटकपटक यस्तै आन्दोलन तथा प्रदर्शन भइरहेका छन् ।
यसपटक प्रदर्शनमा सहभागीहरूले पटकपटक गरिएका प्रदर्शन र विरोध सुनिदिने राज्यको निकायमा कोही छ र ? भनि आफैँसँग प्रतिप्रश्न गरिरहेका थिए । “भासिएको कमला पुल राष्ट्रिय गौरवको आयोजना किन राज्यले अड्काएर राखेको ? यो कस्तो नीति हो, एउटा पुलको केही भाग बनाउन पनि बर्सौ लाग्ने ?”, सिरहाका ललित यादवले प्रश्न गर्दै भने,“१४ वर्षमा एउटा पुल बनाई जनतालाई हस्तान्तरण गर्न नसक्ने कुरै भएन । यहाँ इच्छाशक्तिको कमी वा नेतृत्वको नियतमा खोट भएकाले हामी प्रदर्शन गर्न बाध्य छौँ तर सुनिदिने कसले ?”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)