नेपाल–पाकिस्तानबीच कृषिमा सहकार्यबारे छलफल
janaaastha.com

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन्। सो क्रममा जलवायु परिवर्तन, हिमाली मुद्दा, विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली, हिमनदी अनुगमन, कृषि तथा विपद्पछिको पुनर्निर्माणलगायतका क्षेत्रमा रहेको सहकार्यलाई थप प्रभावकारी र व्यावहारिक बनाउने विषयमा छलफल भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)