पाँचजना मात्रै उपस्थित भएपछि मुगुको सोरु-८ मा कांग्रेस वडा अधिवेशन रद्द
nepalpress.com · Sat Sep 19 15:27:04 GMT 2026

मुगु । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मुगु जिल्लाको सोरु गाउँपालिका – ८ मा वडा अधिवेशनमा जम्मा पाँच जना मात्रै उपस्थित भएका छन् । काेरम नपुगेपछि अधिवेशन नै हुन सकेन ।
१९५ क्रियाशील सदस्य रहेको उक्त वडामा वडा सभापति र वडाध्यक्षसहित पाँचजना उपस्थित भएका थिए । पुरानो वडा कार्यसमितिका सभापति हस्त रोकायाबाहेक समितिका अन्य कुनै सदस्य उपस्थित नभएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)