मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म सबै महिला
ekantipur.com · Fri May 13 00:23:15 GMT 2022
स्थानीय तह निर्वाचनका लागि देशैभर हजारौंको संख्यामा कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ । ७५२ स्थानीय तहको नेतृत्व चुन्न शुक्रबार एकैपटक हुन लागेको निर्वाचनमा मुलुकभर यस्ता मतदान केन्द्र पनि छन्, जहाँ खटाइएका कर्मचारी र सुरक्षाकर्मी सबै महिला छन् ।
पाँचथरको फिदिम नगरपालिका–४ स्थित सुखबोध मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलाले पाएका छन् । करिब १२ सय मतदाता रहेको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीसँगै सुरक्षाको अभिभारा पनि महिलाको काँधमा छ । यो केन्द्रमा नगर शिक्षा शाखा प्रमुख निर्मला दाहालको नेतृत्वमा ५ जना महिला कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजन सुवेदीले जानकारी दिए । उनका अनुसार निर्वाचन सुरक्षार्थ खटिएका सबै ५ जना सुरक्षाकर्मी पनि महिला नै हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)