संविधान दिवसमा साइकल र्याली
annapurnapost.com · Sat Sep 19 15:25:30 GMT 2026

ललितपुर : संविधान दिवसका अवसरमा शनिबार ललितपुरमा साइकल र्याली भएको छ। महालक्ष्मी नगरपालिकाको सहयोगमा काठमाडौं शिक्षालयले आयोजना गरेको र्यालीमा ३ सयभन्दा बढी सहभागी थिए। ‘बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता’ भन्ने नाराका साथ आयोजना गरिएको सो र्यालीको उद्घाटन महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले गरे।
नगर प्रमुख श्रेष्ठले बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउने कार्यमा विद्यालय, विद्यार्थी र समुदायको सहभागिता उल्लेखनीय रहेको बताए। उनले साइकल र्यालीले युवापुस्तालाई शारीरिक र मानसिकरूपमा सक्रिय बनाउनुका साथै समाजप्रतिको जिम्मेवारी र वातावरणप्रतिको संवेदनशीलता विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)