काठमाडौंमा रातभर सार्वजनिक यातायातको पहुँच बढाउँदै साझा
nepalpress.com · Sat Sep 19 15:33:46 GMT 2026

काठमाडौँ । साझा यातायातले काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर शनिबारदेखि थप पाँच रुटमा सेवा विस्तार गर्दै कुल ६ रुटमा २८ वटा विद्युतीय बस सञ्चालन गर्न लागिएको हो ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुईवटा रुटमा सात वटा बसमार्फत रात्रिकालीन सेवा सञ्चालन हुँदै आएको थियो । हाल नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा सञ्चालन भइरहेको सेवा शनिबारदेखि थप रुटमा विस्तार गरिने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)