धनकुटाका सुमन श्रेष्ठ यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक
ekantipur.com · Wed Dec 31 17:34:01 GMT 2025
धनकुटा — धनकुटाका सुमन श्रेष्ठ यू–१९ राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
एन्फाले साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पूर्वसध्यामा श्रेष्ठलाई टोली नेताको जिम्मेवारी दिएको हो । आगामी माघ १७ देखि २४ गतेसम्म पोखरामा साफ यू–१९ महिला च्याम्पियनसिप फूटबल प्रतियोगिता हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)