स्याङ्जा काँग्रेसमा उम्मेदवारको ओइरो
newsofnepal.com · Thu Dec 18 17:26:46 GMT 2025

स्याङ्जा।
जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको सरकारले आउँदो फागुन २१ मा गर्ने भनिएको निर्वाचनका लागि नेपाली काँग्रेसले जिल्ला–जिल्लाबाट आकांक्षी उम्मेद्वारको नामावली संकलन र सिफारिस प्रक्रिया शुरु गरेको छ । सोही सिफारिसको प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाबाट आकांक्षीहरुले आफ्नो नाम दर्ता गरेसँगै उनीहरुको नामावली काँग्रेसको केन्द्रीय समितिमा सिफारिस सहित पठाइएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.–१ मा प्रत्यक्षतर्फ ११ र समानुपातिक निर्वाचन प्रणलीमा ४ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं.–२ बाट प्रत्यक्षतर्फ १२ जना र समानुपातिकमा ६ जनाको नाम सिफारिस भएको काँग्रेस स्याङ्जाले जनाएको छ । राष्ट्रिय सभातर्फ ३ महिला सहित १३ जना आकांक्षीको नाम सिफारिस भएको छ । प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभामा गरी ४६ नेताको नाम सिफारिस भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)