अर्थमन्त्री स्वर्णिम वाग्लेले पत्रिकाविरुद्ध हाले प्रेस काउन्सिलमा उजुरी
nepalviews.com · Sat Jun 06 14:23:07 GMT 2026

काठमाडौं । समाचारको विषयलाई लिएर सकारका मन्त्रीले नै पत्रिकाविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक राष्ट्रिय दैनिकविरुद्ध काउन्सिलमा उजुरी दिएका हुन् । कोरोला नाकाबाट भित्रिएका सवारी साधान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको विषयमा पत्रिकामा वाग्लेलाई समेत मुछेर समाचार प्रकाशित भएको थियो । सोही विषयलाई लिएर वाग्लेले कारवाहीको माग गर्दै काउन्सिलमा उजुरी हालेका हुन् । वाग्लेको सचिवालयका सदस्य नवीन ढुंगानाले सामाजिक सञ्चालमा एक पोस्ट लेखेर उजुरी गरिएको बताएका छन्।
कोरोला तथा रसुवा नाकाबाट ठूलो संख्यामा भित्रिएका सवारी साधान सशस्त्रले नियन्त्रणमा लिएपछि अहिले त्यसको सरकारी स्तरबाट छानबिन चलिरहेको छ । बजेट आउनुअघि नै करका दरबारे सूचना चुहाएर ती सवारी साधनको भन्सार पास गरिएको हुनसक्ने आशंकामा अहिले छानबिन चलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
स्वर्णिम वाग्ले