कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा
onlinekhabar.com · Sat Sep 19 15:46:04 GMT 2026

३ असोज, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो ।