दुई महिनादेखि सुदूरपश्चिमका कर्मचारीको तलब रोकियो
himalpress.com · Sat Sep 19 15:45:21 GMT 2026

काठमाडौँ- आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका छैनन्। बजेट कार्यान्वयन हुन नसक्दा सरकारी संयन्त्र नै आर्थिक दबाबमा परेको छ। कर्मचारी नियमित रूपमा कार्यालयमा उपस्थित भएर जिम्मेवारी निर्वाह गरिरहेका भए पनि पारिश्रमिक पाउन नसकेको राससले जनाएको छ।