बाणगंगा नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
annapurnapost.com · Sat Sep 19 15:51:59 GMT 2026

कपिलवस्तु : कपिलवस्तु नगरपालिका–९ कुस्मास्थित बाणगंगा नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
घाँस–दाउराका लागि नदीपारि गएका उनीहरू नदीमा अचानक बाढी आएपछि बीचमै फसेका थिए। नदीको बहाव बढेपछि उनीहरू जोखिममा परेका थिए। उद्धार गरिनेमा स्थानीय ६० वर्षीया दुर्गादेवी ज्ञवाली, ३२ वर्षीया तुलसा ज्ञवाली र १० वर्षीया बिन्दु ज्ञवाली रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)