कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा
nepalnews.com · Sat Sep 19 16:07:25 GMT 2026

काठमाडौं। नेपाल: चीन सीमास्थित कोरला नाकाबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका छन्। लोमान्थाङ-४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार भदौ ३१ गतेदेखि लगातार तीन दिनसम्म तिब्बतबाट चार लटमा ४१९ वटा भेडाच्याङ्ग्रा नेपाल ल्याइएको छ।
पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक गणेश केसीका अनुसार भदौ ३१ गते १५५ वटा च्याङ्ग्रा, असोज १ गते ११८ वटा च्याङ्ग्रा र ४६ वटा भेडा तथा असोज २ गते १०० वटा च्याङ्ग्रा भित्रिएका हुन्। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय व्यापारीले पशुपालन प्रयोजनका लागि यी भेडाच्याङ्ग्रा ल्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)