देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन
nepallive.com · Sat Sep 19 16:12:22 GMT 2026

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्साहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक युवक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
सुनसरी प्रहरीले जारी गरेको विवरणअनुसार झडपमा स्थानीय २४ वर्षीय निरजकुमार यादव घाइते भएका हुन्। उनको खुट्टामा चोट लागेको छ। विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)