विराट कोहलीको सानदार शतकमा बेंगलुरुको रोमाञ्चक जित, शीर्ष स्थानमा उक्लियो
ratopati.com · Wed May 13 18:59:41 GMT 2026
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाताले दिएको १९३ रनको लक्ष्य बेंगलुरुले १९।१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
बेंगलुरुको जितमा कप्तान विराट कोहलीले अविजित रहँदै सानदार शतकीय पारी खेले । उनले ६० बलमा १०५ रन बनाए । त्यस्तै, देवदत्त पडिक्कलले ३९ तथा जेकब बेथेलले १५ रनको योगदान दिए । कोलकाताका लागि कार्तिक त्यागीले सर्वाधिक ३ विकेट लिए भने सुनिल नारायणले १ विकेट हात पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)