मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

न्युजिल्यान्डमा नोभेम्बर ७ मा आम निर्वाचन

barnanmedia.com · Wed Jan 21 20:15:00 GMT 2026

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बुधबार आगामी नोभेम्बर ७ तारिखमा आम निर्वाचन हुने घोषणा गर्नुभएको छ । निर्वाचनको मिति सार्वजनिक गर्दै उहाँले अर्थतन्त्र सुधार र अपराध नियन्त्रणमा आफ्नो सरकारको उपलब्धिलाई मुख्य आधारका रूपमा प्रस्तुत गर्नुभएको छ ।

प्रधानमन्त्री लक्सनले पत्रकारहरूसँग कुरा गर्दै निर्वाचनको मिति छनोटमा खेलकुदप्रेमी न्युजिल्यान्डको क्यालेन्डरले पनि केही भूमिका खेलेको बताउनुभयो । अल ब्ल्याक्सले अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा खेलेको खेल सकिएको करिब एक महिनापछि निर्वाचन तय गरिएको उहाँको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)