जीपीएस म्यापिङ र डिजिटल रेकर्डसहित जमिनमुनि शव व्यवस्थापन सुरु, डीएनए मिले आफन्तले लान सक्ने
techpana.com · Sat Aug 29 13:33:30 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बगेर चितवन पुगेका तर पहिचान हुन नसकेका शवहरूको व्यवस्थापन सुरु गरिएको छ । शनिबारदेखि भरतपुर महानगरपालिका वडा नं. १ स्थित रामनगर र देवघाटको बीचमा पर्ने जङ्गल क्षेत्रमा ती शवहरूलाई जमिनमुनि गाड्ने प्रक्रिया सुरु भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले शवहरू सडेगलेर महामारी फैलन सक्ने जोखिम बढेपछि ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम यो कदम चालेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार चितवनमा हालसम्म संकलन भएका २३३ शवमध्ये ६ वटाको पहिचान भएर आफन्तलाई बुझाइसकिएको छ भने बाँकी २२७ शवलाई भविष्यमा पुनः उत्खनन गर्न मिल्ने गरी व्यवस्थित रूपमा गाड्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)