मलेसियाद्वारा नेपालसँगको शृंखला बराबर
ekantipur.com · Sat Jun 03 17:38:56 GMT 2023
काठमाडौँ — मलेसियाले नेपालविरुद्धको पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा २–२ को बराबरीमा ल्याएको छ । मलेसियाले शनिबार चौथो खेलमा नेपालको महिला राष्ट्रिय टोलीलाई ४ विकेटले पराजित गर्यो ।
टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ९६ रनमात्र बनाउन सक्यो । क्वालालम्पुरस्थित वाइएसडी–यूकेएम ओभलमा मलेसियाले अन्तिम बलमा लक्ष्य पूरा गर्यो । अन्तिम ओभरमा जितनिम्ति ४ रन चाहिने अवस्थामा कविता कुँवरले पहिलो र तेस्रो बल वाइड फाल्न पुगेकी थिइन् भने मलेसियाले अन्तिम दुई बलमा १–१ रन जोडेर विजय रन पूरा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)