‘इजरायल–हमास युद्धविराम सधैंका लागि भइदिए हुन्थ्यो’
ekantipur.com · Thu Jan 16 17:03:46 GMT 2025
काठमाडौँ — इजरायलमा कार्यरत नेपाली श्रमिकले इजरायल र प्यालेस्टिनी समूह हमासबीच बिहीबार बिहान भएको युद्धविरामको निरन्तरता चाहेको बताएका छन् । ‘हामी १६ महिनादेखि युद्धरत भूमिमा छौं । कतिखेर कहाँबाट कस्तो खालको आक्रमण हुन्छ भनेर हरेक दिन त्रासमा बसिराख्यौ,’ गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले भने, ‘अब शान्तिको सास फेर्न पाउने वातावरण बनेको छ । यसले निरन्तरता पाओस् ।’
प्रवासी नेपाली मञ्च, इजरायलका उपाध्यक्ष शिवराज खड्काले युद्धको समयमा स्वतन्त्रपूर्वक हिँड्डुल गर्न रोकिएको बताए । ‘यहाँ हजारौँ नेपाली छन् । युद्धअघि हामीबीच भेटघाट हुन्थ्यो । सहज रूपमा हिँड्डुल गर्थ्यौं । जब इजरायल र हमासबीच आक्रमण सुरु भयो । हामी बाहिर हिँड्डुल गर्न डराउनुपर्ने स्थिति बन्यो,’ उनले भने, ‘नेपालीबीचको जमघट हुन छोड्यो । एक किसिमले होमसिक नै भएजस्तो भयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)