लुम्बिनीमा बन्ने युनिभर्सल पिस सेन्चुरीबारे विश्वलाई जानकारी दिँदै नेपाली धर्मगुरु
ratopati.com · Thu Jan 16 17:40:00 GMT 2025

काठमाडौं । लुम्बिनीमा विश्व शान्ति धामसँगै स्थापित गर्न लागिएको युनिभर्सल पिस सेन्चुरीबारे स्विजरल्याण्डको डाभोसमा हुन लागेको वृहत अन्तर्राष्ट्रिय समारोहमा जानकारी गराइने भएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरेर बौद्ध धर्मगुरु श्याल्पा तेन्जिङ रिन्पोछेले विश्वभरबाट शान्तिको कामना गर्न आउनेहरुलाई गौतमबुद्धका बारेमा जानकारी दिन तथा व्यापक प्रचारप्रसार बढाउने उद्देश्यले लुम्बिनीमा युनिभर्सल पिस सेन्चुरी स्थापित गर्न लागिएको र यसबारे वृहत अन्तर्राष्ट्रिय फोरममा जानकारी दिइने बताए । स्विजरल्याण्डको डाभोसमा जनवरी २१-२५ सम्म आयोजना हुने वर्ल्ड इकोनोमिक फोरमबीच हुने महत्वपूर्ण समारोहमा युनिभर्सल पीस सेन्चुरीबारे जानकारी दिन लागिएको धर्मगुरु तेन्जिङ रिन्पोछेले पत्रकारहरुलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)