मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको छत्तीसगढमा प्रहरीसँगको भिडन्तमा १० माओवादी मारिए

baahrakhari.com · Thu Jan 16 17:44:54 GMT 2025

नयाँदिल्ली । भारतको छत्तीसगढको माओवादी प्रभावित विजापुरको पुजारी काङ्केर क्षेत्रमा बिहानैदेखि जारी भिडन्तमा प्रहरीले दशभन्दा बढी कथित माओवादी मारिएको दाबी गरेका छन् ।

मुठभेड अझै जारी रहेको र मारिने माओवादीको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीका अनुसार बिहीबार बिजापुर क्षेत्रमा माओवादीको उपस्थितिको खबर आएपछि बिजापुर, सुकमा र दन्तेवाडा जिल्लाका जिल्ला रिजर्व गार्ड र कोब्रा बटालियनहरूबाहेक केन्द्रीय रिजर्भ प्रहरीको बटालियनहरू अपरेसनका लागि गएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)