सुडानमा भएको झडपमा १६ जनाको मृत्यु
baahrakhari.com · Thu Jan 16 17:57:03 GMT 2025

जुबा । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपीएलए– आईओ) बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
नागेरो काउन्टीका कमिश्नर हेनरी बांगडा असायाले हिंसाले ७९ हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको बताए । यसमध्ये धेरै हाल झाडीमा लुकेका छन् । “बुधबार साँझ पनि लडाइँ जारी थियो । लडाइँ सुरु भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु । उहाँले लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको उल्लेख गनुभयो ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)