पूर्वकप्तान पारसको जर्सी रिटायर्ड
rajdhanidaily.com · Sun Aug 08 23:44:29 GMT 2021
काठमडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा सर्वाधिक सफल खेलाडी पारस खड्काको जर्सी नम्बर ७७ प्रयोग नगरिने भएको छ । पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले ७७ नम्बर जर्सी प्रयोग नगर्ने जनाएको छ ।
क्यानको कार्यान्वयन समितिले आइतबार पारसले नेपाली क्रिकेटमा दिएको योगदानको कदर गर्दै ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो । उक्त समितिमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव अशोकनाथ प्याकुरेल, कोषाअध्यक्ष रोशनकुमार सिंह, उपाध्यक्ष राजा बाबु श्रेष्ठ र सदस्य अमिरवीर पाण्डे रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)