बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध
deshsanchar.com · Mon Jul 14 17:45:46 GMT 2025

नेपालगञ्ज – नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ। राप्ती नदीको बाढीबाट बस्ती जोगाउन “बेम्बोपाइलिङ र आरसीसी प्रकुपाइन” प्रविधिबाट आपतकालीन तटबन्ध निर्माण गरिएको हो। बेम्बोमा प्रकुपाइन जोडिएकाले ठूलो बढी आउँदा पनि त्यसले थेग्न सक्ने जनताको तटबन्ध कार्यक्रमका प्रमुख डा। नारायण सुवेदीले जानकारी दिए।
राप्ती नदी किनारामा रहेको खल्ला झगडिया क्षेत्र राप्ती नदी कटानको उच्च जोखिममा रहेको छ। नदी कटानबाट त्यस क्षेत्रका करिब ३० हजार नागरिक बाढीको उच्च जोखिममा रहेका स्थानीयले बताएका छन्। “अस्थायी तटवन्ध गरिएको छ”, राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले भने। उनले बाढीबाट बस्ती जोगाउन प्रभावकारी काम भएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)