मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेताहरूको पद मोहले वामपन्थी शक्तिको एकता कमजोर भयो : भीम रावल

ratopati.com · Sat Sep 19 16:51:52 GMT 2026

बुटवल । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले नेताहरूको पद मोह र कम्युनिस्ट आचरणको अभावका कारण वामपन्थी शक्तिको एकता कमजोर बनेको बताएका छन् ।

पुष्पलाल मित्रता केन्द्रले शनिबार बुटवलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै रावलले गत वर्षको जेनजी आन्दोलनपछि नेपालका कम्युनिस्ट पार्टीहरू थप कमजोर अवस्थामा पुगेको बताए । उनले नेतृत्वमा लामो समयदेखि रहेका नेताहरूले विगतका कमजोरीको आत्मसमीक्षा गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)