अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता
gorkhapatraonline.com · Sat Sep 19 17:09:33 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ ।
भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा. वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँ भारतका मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक–व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएर आज स्वदेश फर्कनुभएको उहाँको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)