नदीले कटान गरेका स्थानमा तटबन्धन निर्माण
barnanmedia.com · Thu Jan 16 22:50:52 GMT 2025

काठमाडौँ, ४ माघ : उदयपुर (गाईघाट) ४ माघः त्रियुगा नगरपालिका–११ स्थित बरूवा नदीले बर्सेनि कटान गरेको स्थानमा स्थायी तटबन्धन निर्माण सुरू भएको छ । बिहीबारदेखि गाईघाट शिवालय टोलस्थित बरूवा नदी कटान स्थानबाट स्थायी तटबन्धन निर्माण सुरू गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।
उक्त स्थायी तटबन्धनको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले औपचारिक शिलान्यास गरेपछि तटबन्धन निर्माणकार्य सुरू भएको हो । गाईघाटस्थित शिवालय टोलबाट मदन भण्डारी मार्गको बरूवा खोलाको पुलसम्म झण्डै डेढ किलोमिटर लामो तटबन्धन निर्माण औपचारिक रूपमा सुरू भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)