साढे तीन महिनापछि प्रदेश सभा बैठक बस्ने
gorkhapatraonline.com · Mon Dec 22 17:27:32 GMT 2025

भौतिक संरचनामा भएको क्षतिका कारण ठप्प सुदूरपश्चिम प्रदेश सभाको बैठक झन्डै साढे तीन महिनापछि बस्ने भएको छ ।
प्रदेश सभा भवन मर्मत गरेर बैठक सञ्चालन गर्न लागिएको हो । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ । भदौ २४ गते जेनजी आन्दोलनकारीले प्रदेश सभा भवनसहित प्रदेश सभा सचिवालयमा आगजनी र तोडफोड गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)