मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनुषामा करेन्ट लगाएर आफ्नै काकीको हत्या 

shilapatra.com · Wed Dec 28 00:15:00 GMT 2022

धनुषामा एक युवकले आफ्नै काकीको हत्या गरेको सार्वजनिक भएको छ । जिल्लाको विदेह नगरपालिका– ७ वेलापट्टीका २० वर्षीय दिलिप कुमार साहले आफ्नै ३० वर्षीया काकी कविता साहको करेन्ट लगाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ कविता सुत्ने कोठामा दिलिपले विद्युतीय करेन्ट प्रवाह गरिदिएपछि करेन्ट लागेर कविताको मृत्यु भएको प्रहरीले जनाएको छ । कवितासँगै रहेका उनका १४ महिनाका छोरा कार्तिक साहसमेत घाइते भएका छन् । महिलाको मृत्यु भएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेपछि दिलिपले हत्या गरेको खुलेको धनुषा प्रहरी नायव उपरीक्षक दिपक क्षेत्रीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)