किड्स कप २०२६ को उपाधि लिटिल एन्जल्स स्कुललाई
kalakarmi.com · Sun Jul 19 04:15:49 GMT 2026
काठमाडौं- लिटिल एन्जल्स स्कुलले रोमाञ्चक फाइनल खेलमा काष्ठमण्डप विद्यालयलाई ३–२ गोलको अन्तरले पराजित गर्दै पहिलो संस्करणको आईविबी किड्स कप २०२६ को उपाधि जितेको छ ।
फाइनल खेल आइतवार, १२ जुलाई २०२६ मा सम्पन्न भएको थियो । आईविबी नेपालको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता १० वर्षमुनिका बाल फुटबल खेलाडीहरूलाई समेटेर आयोजना गरिएको अन्तरविद्यालय फुटबल प्रतियोगिता हो । फिफा विश्वकपको अवधारणाबाट प्रेरित प्रतियोगितामा ज्ञानोदय बालबाटिका स्कुल, डीएभी स्कुल, दरबार हाई स्कुल, प्राइम ग्लोबल स्कुल, काष्ठमण्डप विद्यालय, लिटिल एन्जल्स स्कुल र क्याम्पियन स्कुललगायत आठ विद्यालयले आठ फरक देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)