बाढीप्रभावित क्षेत्रमा एकीकृत आवास निर्माण गर्नुपर्नेमा जोड
gorkhapatraonline.com · Sat Sep 19 17:49:57 GMT 2026

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट क्षति पुगेको आवास पुनर्निर्माण गर्दा एकीकृत आवास निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल जग्गा तथा आवास विकास सङ्घ एवम् नेपाल जग्गा तथा आवास विकास महासङ्घको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबारदेखि सुरु भएको घरजग्गा मेलाका क्रममा आज आयोजित कार्यक्रमका वक्ताले विपद्पछि एकीकृत आवास निर्माणमा जोड दिनुपर्ने बताएका हुन् । उहाँहरूले विपद्पछिको दिगो पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सार्वजनिक–निजी साझेदारी (पिपीपी) मार्फत एकीकृत आवास विकासलाई अघि बढाउनुपर्ने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)