इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु
ratopati.com · Sat Sep 19 17:55:47 GMT 2026

भक्तपुर । इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ । वर्षौँदेखिको यो परम्परा हराउन थालेपछि धेरै वर्षपछि शनिबार पहिलो दिन चाँगुनारायण नगरपालिकास्थित लाखेडोलबाट पूजाअर्चना गरी लाखे निकालिएको हो ।
इन्द्रजात्राका लागि लाखे निकाल्ने परम्परा हराउन थालेपछि भक्तपुरका रञ्जितकार समाजले लाखेनाच निकाल्न सुरु गरेको हो । खरिपाटीदेखि कमलविनायक हुँदै गोलमढीस्थित लाखे द्यो छेसम्म लाखेनाच देखाइएको हो । नेवार समुदायको सांस्कृतिक परम्परा, धार्मिक आस्था र ऐतिहासिक किंवदन्तीसँग जोडिएको यो जात्रा भक्तपुरमा विशेष महत्वका साथ मनाउने गरिन्छ । सिम्रौनगढका राजा हरिसिंहदेव तथा तलेजु भवानीसँग जोडिएको ख्वपः लाखेको इतिहास रहेको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)