गण्डकी सरकारले वर्षैभरी गाडी नकिन्ने, भवन नबनाउने
makalukhabar.com · Fri Jun 02 16:23:13 GMT 2023
पोखरा।गण्डकी सरकारले आगामी आर्थिक वर्षमा एउटा पनि गाडी नकिन्ने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारहरुसँग कुरा गर्दै मुलुकको आर्थिक अवस्था कमजोर रहेकोले सरकारले विलासिताका शीर्षकमा खर्च नगर्ने घोषणा गरेका हुन् ।
‘प्रदेश सरकारले आउँदो वर्ष एउटा पनि चारपांग्रे गाडी किन्दैन । हामी भवन निर्माण पनि नगर्ने योजनामा छौं,’ उनले भने, ‘बाध्यकारी अवस्था आएपनि भवन हाम्रो अन्तिम प्राथमिकता हुनेछ । आगामी वर्ष उत्पादनकै क्षेत्रमा बढी जोड दिन्छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)