फर्मिन लोपेज चम्किँदा बार्सिलोनाको जित, स्लाभिया प्राहालाई ४–२ ले पराजित
ratopati.com · Wed Jan 21 22:16:19 GMT 2026
काठमाडौँ । युएफा च्याम्पियन्स लिगअन्तर्गत आज सम्पन्न खेलमा स्पेनी जायन्ट बार्सिलोनाले चेक क्लब स्लाभिया प्राहामाथि ४–२ को रोमाञ्चक जित हात पारेको छ । स्लाभियाको घरेलु मैदानमा भएको खेलमा युवा मिडफिल्डर फर्मिन लोपेज नायक बने ।
खेलको सुरुआत भने स्लाभिया प्राहाका लागि उत्साहजनक रह्यो । १०औँ मिनेटमै भासिल कुसेजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । तर त्यसपछि बार्सिलोनाले खेलमा मजबुत पकड बनायो । ३४औँ र ४२औँ मिनेटमा फर्मिन लोपजले लगातार दुई गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)