नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो
barnanmedia.com · Wed Jun 03 23:49:30 GMT 2026

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार विविध कार्यक्रमका साथ ७६आँै आरोहण दिवस मनाइएको छ ।
चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरदेखि नारच्याङसम्म खुला दौड प्रतियोगिता, पदयात्रा, आरोही र आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको विकास तथा प्रर्वद्धनमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान र सांस्कृतिक कार्यक्रम गरेर दिवस मनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)