नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
barnanmedia.com · Sun Jul 19 04:53:04 GMT 2026

न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आएमा उनलाई पक्राउ गर्न सकिने विषयमा आफ्नो प्रशासनले कानुनी अध्ययन गरिरहेको बताएका छन् ।
द न्यूयोर्क टाइम्सको ‘द इन्टरभ्यु’ पोडकास्टमा बोल्दै ममदानीले आफ्नो कानुनी विभागले यस विषयमा सक्रिय रूपमा छलफल गरिरहेको जानकारी दिए । मेयर पदका लागि चुनावी अभियानका क्रममा उनले अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी)ले जारी गरेको पक्राउ पुर्जीका आधारमा नेतान्याहूलाई पक्राउ गर्न पहल गर्ने वाचा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)