निर्वाचनको माहोलबीच किसानलाई खेतीपातीको चटारो
barnanmedia.com · Wed Jan 21 22:41:04 GMT 2026

काठमाडौँ, ८ माघः मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल बढ्दै जाँदा महोत्तरीका किसानलाई भने खेतीपातीको चटारो छ । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि मङ्गलबार उम्मेदवारले मनोनयनपत्र दर्ता गराइसकेका छन् ।
निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम पर्वजस्तै हुने भए पनि यहाँका आमकिसान भने आफ्नै काममा व्यस्त छन् । वसन्तपञ्चमी (श्रीपञ्चमी) पर्वका लागि केशोर (माटो मुनि फल्ने मधेसको फलविशेष) खनेर बजार पु¥याउन, उखु काटेर चिनी उद्योग लिन र वैशाखी तरकारी (चैत÷वैशाखमा उत्पादन लिइने) लगाउने बेला घर्कंदै गर्दा हाल किसानलाई कामको भ्याइनभ्याइ परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)