मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस सोलुखुम्बुको सभापतिमा शेर्पा विजयी

ekantipur.com · Wed Dec 01 01:06:34 GMT 2021

सोलुखुम्बु — कांग्रेस सोलुखुम्बुको सभापतिमा पार्टी संस्थापन पक्षका नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । मंगलबार अबेर सम्पन्न दोस्रो चरणको निर्वाचनबाट प्रतिद्वन्द्वी विनोद बस्नेतलाई १ सय ४२ मतान्तरले पराजित गर्दै शेर्पा सभापतिमा निर्वाचित भएका हुन् ।

सोलुदूधकुण्ड नगरपालिकाका मेयरसमेत रहेका शेर्पाले ५ सय १३ मत ल्याउँदा निवर्तमान पार्टी सभापति बस्नेतले ३७१ मत ल्याएका छन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा ८ सय ९७ मत खसेको थियो । ९ सय २३ क्षेत्रीय प्रतिनिधि रहेको सोलुखुम्बुमा पहिलो चरणको निर्वाचनमा ८ सय ८३ मत खसेको थियो । सभापतिमात्र चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा १५ मत बढी खसेको छ । पहिलो चरणमा बस्नेतले ४२८ मत ल्याउँदा शेर्पाको पक्षमा सदर मत ४१८ रहेको थियो ।अर्का उम्मेदवार रामबहादुर बस्नेतको ५ मत आउँदा बाँकी मत बदर भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)