आविष्कार केन्द्रसँग सहकार्य गर्ने तयारी
gorkhapatraonline.com · Thu Jun 04 00:21:23 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पतालमा बिग्रिएर लामो समयदेखि प्रयोगविहीन रहेका स्वास्थ्य उपकरणको मर्मत तथा पुनः सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबिच यस विषयमा बुधबार छलफल भएको छ । छलफलमा सरकारी अस्पतालमा थन्किएर रहेका, बिग्रिएका स्वास्थ्य उपकरणको पहिचान गर्ने, प्राविधिक अवस्था मूल्याङ्कन गर्ने तथा आवश्यक मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियोे ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)