मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीलाई धन्यवाद दिँदै रक्षा बम

barnanmedia.com · Wed Jan 21 23:03:56 GMT 2026

जेनजी अगुवा रक्षा बमले देश निर्वाचनमा होमिएको र यसले नयाँ आशाको ढोका खुलेको बताएकी छन् । बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अन्योल र अनिश्चितताको यात्रामा मनोनयनपछि नयाँ मोड पार गरेको बताएकी हुन् ।

‘जेनजी आन्दोलनपछि देशले भोगेको सङ्क्रमणकाल,अन्योल र डरका बीच लोकतान्त्रिक निकास सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न हाम्रो र हरेक नागरिकको मनमा थियो,’ उनले भनेकी छन्, ‘तर हिजो, सम्पूर्ण दलहरूले निर्वाचनमा आफ्ना उम्मेदवार उठाएर देशलाई फेरि सुदृढ लोकतन्त्रतर्फ धकेलेका छन् र यसै क्षणबाट आशाको नयाँ ढोका खुलेको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)