समुदायको सक्रियतामा हाब्रे संरक्षणको पहल
deshsanchar.com · Fri Jan 17 17:45:29 GMT 2025

पाँचथर – लोपोन्मुख वन्यजन्तु रातो हाब्रे (रेड पान्डा) संरक्षणका लागि समुदायको सक्रियतामा बढाउन पहल भइरहेको छ।
दातृ संस्था रातोहाब्रे नेटवर्कको पाँचथर र इलाममा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको दीपज्योति युवा क्लबले समुदायको सक्रियतामा हाब्रे संरक्षण अभियान चलाइरहेको छ। कार्यक्रममा सामुदायिक वन उपभोक्ता समिति, वन अभिभावक, चौँरीपालक तथा गोठाला, विद्यार्थीलगायतलाई हाब्रे संरक्षणमा सक्रिय बनाइएको छ। संरक्षणसँगै सचेतना, अनुसन्धान, जीविकोपार्जन, पर्यटन प्रवर्द्धन र क्षमता विकासका काम विगत १३ वर्षदेखि सञ्चालन भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)