मेलम्चीमा पानीको बहाव फेरि बढ्यो, स्थानीयलाई सुरक्षित ठाउँमा सारियो
annapurnapost.com · Fri Jun 18 23:51:00 GMT 2021
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा पानीको बहाव बढेको भन्दै स्थानीयहरुलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढेकोले जोखिम कायमै रहेको बताइएको छ । मेलम्ची प्रहरी कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईले आसपासका जोखिमयुक्त क्षेत्रका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)