मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अविनाश र भगवतीको जुनियर राष्ट्रिय कीर्तिमान

nagariknews.nagariknetwork.com · Thu Jun 04 00:31:32 GMT 2026

अविनाश सुनार र भगवती खड्काले १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबारदेखि सुरु रनिङ सिल्डमा अविनाशले छात्र हाइजम्प तथा भगवतीले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान रचेका हुन्। दुवै बागमती प्रदेशका हुन्। अविनाशले १.८६ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको १.८२ मिटरको कीर्तिमान सुधार गरे। १.८२ को कीर्तिमान अविनाशले गत साता सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बनाएका थिए। कोसी प्रदेशका टंक यादव दोस्रो र गण्डकी प्रदेशका सनुन चौधरी तेस्रो भए। सो स्पर्धाको छात्रामा गण्डकीकी आराध्या चालिसे तथा सुदूरपश्चिम प्रदेशकी सुनीता पार्की संयुक्त रूपमा पहिलो भए। दुवैले १.४३ मिटर उचाइ नाघे। कोसीकी सुस्मिता बस्नेत तेस्रो भइन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)