मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लामो समय रोकिएको आईपीओ निष्काशन सुरु, दुई कम्पनीलाई बिक्रीको अनुमति

ratopati.com · Fri Jan 17 21:21:00 GMT 2025

काठमाडौं । लामो समयदेखि रोकिदै आएको साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया शुरु भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मास्युटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री लागि अनुमति दिएको छ। सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)