फेरि महँगियो डलरको भाउ
himalpress.com · Thu Jun 04 00:51:48 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि धेरैजसो विदेशी मुद्राको मूल्य बढेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)