पिपलडाँडा देविस्थान माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
barnanmedia.com · Fri Jan 17 22:24:30 GMT 2025
हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको पाँचाँै अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देविस्थान माध्यमिक विद्यालय मङ्गलटारले जितेको छ । वडा नं १० अर्खौलेमा सञ्चालित सरस्वती माध्यमिक विद्यालय अर्खाैलेको संयोजनमा आयोजित पाँचौँ संकरणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पिपलडाँडा देविस्थान मावि मङ्गलटारले छ स्वर्ण, नौँ रजत र दुई काँस्य पदकसहित प्रथम उपाधि जितेको हो ।
पाँचौँ संस्करणको राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेसँगै पिपलडाँडा देविस्थान मावि मङ्गलटारले रनिङ शिल्ड राखेको छ । लगातार तेस्रो र चौथो संस्करणको उपाधि जितेको पिपलडाँडा देविस्थान मावि मङ्गलटारले पाँचौँ संस्करणसमेत जितेपछि रनिङ शिल्ड राखेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)