नेपालमा हाइड्रोजन सवारी भित्र्याउने तयारी, सरकारले माग्यो विज्ञको सुझाव
ictsamachar.com
काठमाडौं । नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ । यससम्बन्धि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले मन्त्रालयले विज्ञ, विशेषज्ञ तथा सरोकारवालाहरूबाट लिखित सुझाव माग गरेको हो ।
मन्त्रालयले जारी गरेको सूचना अनुसार, हाइड्रोजन प्रविधिको प्रयोगका लागि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड, निर्देशिका र आवश्यक जनशक्ति विकाससम्बन्धी विषयमा सुझावहरू संकलन गर्न लागिएको हो । यस प्रक्रियामा विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)