जंगली च्याउ खाँदा महिलाको मृत्यु, अन्य ६ जना उपचारपछि घर फर्के
nepalpress.com · Sun Jul 19 06:12:20 GMT 2026

रूपन्देही । दाङको तुलसीपुरमा जङ्गली च्याउ खाएर बिरामी भएकी एक गृहिणीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको शनिबार मृत्यु भएको हो ।
गत असार ३१ गते जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका ७ जना बिरामी परेका थिए । च्याउ खाएर बिरामी परेकामध्ये दुई जनालाई घरायसी उपचार गरिएको थियो । अन्य पाँच जनालाई अस्पताल लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)