हात्तीको त्रासः घर भत्कियो, अन्न सखाप
lokaantar.com

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला, साउन २ गतेको मध्यरात । रातको करिब १ः०० बजेको थियो । मन्सरादेवी साउद छोरासँग कच्ची घरको भित्री कोठामा निदाएकी थिइन् । अचानक भित्तो हल्लियो । उनलाई ठूलो जनावरले पर्खालमै हिर्काएजस्तो भयो ।
“पहिलोपल्ट त भूकम्प हो कि भनेर डराएँ”, मन्सराले सम्झिइन्, “बाहिर निस्किएँ, आँगनमा अँध्यारो थियो, तर छायाँजस्तो देखेँ– हात्तीको विशाल शरीर । एक सेकेन्ड पनि सोच्न सकिनँ, छोरालाई तानेर छिमेकीकहाँ भागेँ । धन्न भगवान्ले आमाछोराको ज्यानै जोगाए, हात्तीले तोडेको भित्तो (पर्खाल) नजिकै सुतेका थियौँ बाँच्यौँ, त्यसबेला केही सोचिन छोरा र आफ्नो ज्यान जोगिए हुन्थ्यो भनेर भगवान्सँग प्रार्थना गर्दै निस्किएँ”, उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)