स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा पर्सामा रोकियो कित्ताकाँट
deshsanchar.com · Tue Jan 24 16:32:34 GMT 2023
वीरगञ्ज – पर्साका स्थानीय तहको लापरवाहीका कारण जिल्लामा लामो समयदेखि जग्गा कित्ताकाँट खुल्न सकेको छैन। स्थानीय तहले समयमै जग्गाको वर्गीकरण गरेर नपठाइदिँदा कित्ताकाँट खुल्न नसकेको हो।
सरकारले देशभरिका पालिकालाई कृषि, गैरकृषि जग्गाको वर्गीकरण गरेर सिफारिस गर्न मङ्सिर २३ गतेसम्मको समयसीमा तोकेको थियो। जग्गाको वर्गीकरण नगरेका पालिकाको कित्ताकाँट गत जेठ २७ गतेदेखि नै रोकिएको थियो। लामो समय भइसक्दासमेत पर्साका १० स्थानीय तहले अझैसम्म जग्गाको वर्गीकरण गर्न नसक्दा ती स्थानीय तहमा कित्ताकाँट रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)